प्रमुख तीन दलहरुबीच सहमति : सांसद दाहालले बोलेको विषयलाई संसदको रेकर्डबाट हटाइने

लोकपथ
112
Shares

काठमाडौं । पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणमा प्रमुख तीन दलहरुबीच सहमति भएको छ । सांसद दाहालले बोलेकोविषयलाई संसदको रेकर्डबाट हटाउने सहमति भएको हो ।

आज बिहान बसेको प्रमुख तीन दलका नेताहरुबीचको बैठकले सांसद दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेको अभिव्यक्ति हटाउने सहमति भएको हो ।

संसदभित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले शुक्रबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो । सोही विषयलाई टुंग्याइ सदन सञ्चालन गर्न आज शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?