ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै

लोकपथ
35
Shares

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आइतबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको ओलीको सचिवालयले जानकारी दिएको हो।

‘उहाँले नीति कार्यक्रममाथि बोल्न लाग्नु भएको हो,’ ओलीका सञ्चार सहयोगी रामशरण बजगाईंले भने, ‘समसामयिक विषयमा पनि उहाँले पार्टीको धारणा राख्नुहुनेछ।’

नेकपा (एमाले)का अध्यक्ष समेत रहेका ओलीले जेठ ४ गते नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएका थिए। गत वैशाख २८ गतेबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकको सुरूमै बोल्दै उनले अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?