काठमाडौं । आज शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता भएको थियो । सिंहदरबारको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थीबारे भइरहेको अनुसन्धानबारे चासो राखेका बताएका छन् ।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले ओलीले अनुसन्धानबारे कन्सर्न राखेका र आफू कसैको पनि दवाबामा नपर्ने बताएका छन् ।
‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो । प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा भएन । हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ । यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ । निर्दोष कोही नपरुन्, दोषी कोही नछुटुन् भन्ने हाम्रो मान्यता छ ।’ प्रधानमन्त्री प्रचण्डले भने ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी फरार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया