काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटघाट हुने भएको छ ।
यसअघि बिहीबार पनि प्रचण्ड ओलीबीच भेटघाट भएको हो ।
आज दिउँसो ३ बजे भेटघाटको समय तोकिएको स्रोतले जनाएको छ ।
राजनीतिक समीकरणमा आएको फेरबदलपछि केही महिनापछि पहिलोपटक प्रचण्ड ओलीबीच औपचारिक भेट भएको थियो ।
भेटमा विविध राजनीतिक विषयमा छलफल भएको थियो । भने मुख्य नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी लगायतका विषयमा छलफल भएको थियो । बैठकपछि बाल्दै ओलीले बहादलवाला सांसदलाई पक्राउ गर्नु रहस्यमयी रहेको बताएका थिए । भने अन्य एमाले निकट नेताका आफन्त समेत सो प्रकरणमा मुछिएको विषयमा बोल्दै प्रतिशोधका आधारमा विवादमा तानिएको टिप्पणी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया