कैलालीको विकट मोहन्याल गाउँपालिकाका युवाहरुले मोहन्यालका दुई विद्यालयलाई स्वीटर वितरण गरेका छन् ।
विभिन्न कारणले विदेशीयका युवाहरुले स्थापना गरेको अन्तर्राष्ट्रीय मोहन्याली युवा समाजले मोहन्याल गाउँपालिकाको दुईवटा विद्यालयका विद्यार्थीको स्वीटर वितरण गरेको हो ।
मोहन्यालका गरिब तथा जेहेन्दार विद्यार्थीहरु जाडोयाममा कठ्यांग्रीएर पढ्न जानुपर्ने बाध्यता अनुभव गरेका यूवाहरुले मोहन्याल गाउँपालिका वार्ड नं ३ मा रहेको सुनपाल प्रा. वि. र वार्ड नं ७ मा रहेको पासांग प्रा. वि. का सम्पुर्ण विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको संस्थापक तथा महासचिव मदन राज कठायतले लोकपथ डटकमलाई बताए ।
कार्यक्रममा सामाजिक अभियान्ता जनक सुनार, जनप्रतिनिधहरु, विद्यालय ब्यवस्थापन समितीका पदाधिकारीहरु र शिक्षक तथा विद्यार्थीको उपस्थिती थियो ।
संस्थापक तथा महासचिव मदन राज कठायतले संस्थाका अध्यक्ष दिनेश अधिकारी उपाध्यक्ष डम्मर अधिकारी, सचिब शेर बहादुर थापा, कोषाध्यक्ष नबिन बोहरा, अम्मर माझि,गोबिन्द अधिकारी, बिष्णु जैशी, लक्षि बोहरा, नरेश रावल, जितु बोहरा, टिकाराम खनाल तथा कार्यसमितीका सम्पुर्ण पदाधिकारी र अन्य सहयोगीहरुमा धन्यवाद दिदै आगामी दिनहरुमा सम्पुर्णबाट सहयोगको अपेक्षा राखेको बताए ।
संस्थाले यसअघि पनि विभिन्न समाजिक कामहरुको नेतृत्व गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया