ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा केसी सर्वसम्मत चयन

लोकपथ
0
Shares

तनहुँ । नेपाल ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा कृष्णबहादुर केसी नागिला सर्वसम्वत चयन भएका छन्।

सातौं जिल्ला अधिवेशनले केसी लाई चयन गरेको हो । अध्यक्षमा निर्वाचित नागिला यस अघि दुई कार्यकाल उपाध्यक्ष भएर काम गरेका छन्। अध्यक्षमा केसी, नेपाल शिक्षक संघको तर्फबाट प्रमोद न्यौपाने, हरिभक्त सुवेदी, ओजराज बगाले गरी चार जना आकांक्षी मध्ये सर्व सम्मत चयन गर्न गठित समितिले केसीलाई चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्ष खुल्लातर्फ विश्वनाथ अधिकारी, महिलातर्फ कमलादेवी काफ्ले, सेवाक्षेत्र तर्फ प्रमोद सोती, उत्पादन क्षेत्र तर्फ सन्तोष वाग्ले, अनौपचारिक तथा स्वरोजगारतर्फ देवी न्यौपाने पौडेल चयन भएका छन्। त्यसैगरी सचिवमा पशुपति अर्याल, सहसचिवमा तीर्थराज परियार बर्देवा, सहसचिवमा हरिश्चन्द्र कोइराला, कोषाध्यक्ष कृष्णप्रसाद तिवारी, सहकोषाध्यक्षमा उर्मिला लजारी चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा रिआइत मिया,नारायण बानियाँ,सुदिप कँडेल, रामबहादुर गदाल, रश्मी सेढाई घिमिरे र सञ्जु पौडेल लम्साल चयन भएको निर्वाचन संयोजक हरिराज काफ्लेले जानकारी दिउ ।

काफ्लेका अनुसार प्रदेश अधिवेशन प्रतिनिधीमा गोपीकृष्ण तिवारी, दधिराज शर्मा सिग्देल ,अशोक गिरी, कृष्ण प्रसाद खनाल, मिनबहादुर कार्की, शंकरराज नहर्की, बलराम वाग्ले, महेन्द्रप्रसाद अधिकारी, शारदा थापा अधिकारी, कल्पना परियार र शान्ता बाँस्तोलालाई चयन गरिएको छ । त्यसैगरी राष्टिय महाधिवेशन प्रतिनिधीमा ओजराज बगाले, लोकराज सेढाई र सुलोचना पण्डित चयन भएको छ ।

नव गठित कार्य समितिलाई बुधबार एक कार्यक्रमकाबीच पदस्थापन गरिएको छ । कार्यबाहक अध्यक्ष लोकराज सेढाईले माइन्यूट हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?