काठमाडौं । काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारले एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो राखेर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
भट्टराईसँग स्रोत नखुलेको सम्पत्ति एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बराबरको पाइएकाले सोही रकमलाई बिगो बनाएर मुद्दा दायर गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया