काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकार नै ठूलो मिटरब्याजी रहेको आरोप लगाएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै शाहीले सरकारले २ खर्ब भन्दा बढी रकम बैंकको फिक्स डिपोजिटमा राखेर ब्याज खाइरहेको आरोप लगाए । जुम्ला लगायतका निर्माण व्यवसायीहरु डुण्डिन तयार रहेको बताउँदै समस्या समाधानको माग गरे ।
‘जुम्ला लगायतका निर्माण व्यवसायीहरु झुण्डिन तयार छन् । सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्छु भनेको छ, वास्तविक मिटरब्याजी यो सरकार हो ।’ सांसद शाहीले भने, ‘नेपाल सरकारले अहिले फिक्स डिपोजिट मात्रै राज्यको पैसा मात्रै २ खर्ब ११ अर्ब फिक्स डिपोजिट गरेको छ ।’
त्यस्तै सरकारले व्यवसायीहरुलाई भुक्तानी नदिएर ३ अर्ब ६२ करोड भन्दा बढी रकम सरकारी खातामा राखेर ब्याज खाइरहेको उनले बताए । अहिले पनि बैंकको ब्याज तिर्न नसकेर व्यवसायीहरुमा समस्या देखिएको बताए ।
‘झण्डै सरकारी बचत निर्माण व्यवसायी र अन्य व्यवसायीहरुलाई रकम नदिएर ३ खर्ब ६२ अर्ब ७७ करोड रुपैयाँ सरकारी खातामा राखेर आज ब्याज खाइरहेको छ । अहिले पनि सरकारले ८ दशमलव ५ प्रतिशत ब्याज सरकारी रकम राखेर दिइरहेको छ । झण्डै १०० जना भन्दा बढी मान्छे आज बैंकको ब्याज तिर्न नसकेर मृत्युवरण गरिराख्नुपरेको छ ।’ उनले भने, ‘म सरकारलाई भन्न चाहान्छु, आज वास्तविक मिटरब्याजी को हो ? आज वास्तविक मिटरब्जायी सरकार भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया