काठमाडौं । मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएका छन् । आफूहरुको समस्या समाधानको माग लिएर मिटरब्याज पीडितहरु काठमाडौं आएका हुन् ।
मिटरब्याजविरुद्धको संघर्ष कार्यक्रम भन्दै उनीहरुले आज (सोमबार) काठमाडौंको भद्रकालीमा विरोध प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको २ दिनपछि अर्को मिटरब्याज पीडितको टोली काठमाडौं आएको हो ।
उक्त प्रदर्शनमा सर्लाही, झापा देखि कैलालीसम्मका मिटरब्याज पीडितको उपस्थिति रहेको छ । मिटरब्याजीहरुले पीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका माग उनीहरुको छ ।
हेर्नुहोस् तस्बिर :




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया