झण्डै ८ किलो कोकिनसहित २ जना भारतीय महिला पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । अवैध लागूऔषध कोकिनसहित २ जना भारतीय महिला पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई बुधबार दिउँसो ७ किलो ८ सय ८७ ग्राम कोकिनसहित पक्राउ गरेको हो ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी ४५ वर्षकी भल्लालामीलाई १४ चैतमा पक्राउ गरेको छ । उनको साथबाट २ किलो ८८७ ग्राम कोकिन बरामद गरेको छ ।

त्यस्तै १४ चैतमै भारतीय नागरिक २९ वर्षकी इस्टर लालिम्पुरीलाई ठमेलको एक होटलबाट ५ किलो कोकिनसहित पक्राउ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?