काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार मुठभेडतर्फ जान लागेको हो भन्दै प्रश्न गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लिङ्देनले गणतन्त्रमा कुनै नागरिक राजावादी हुन नपाउने हो भन्ने प्रश्न पनि गरे।
प्रमुख सचेतक ज्ञानेन्द्र शाहीमाथि मिटरब्याज पीडित भेटमा जाँदा दुर्ब्यवहार भएको उल्लेख गर्दै उनले सो कुरा बताएका हुन् । , ‘म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ?’ उनले भने ।
त्यस्तै उनले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग माग समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया