बोल्ने समयमा सांसदहरु ओहोरदोहोर गरेपछि बर्तौलाको नियमापत्ति

लोकपथ
42
Shares

काठमाडौं । संसद बैठकमा सांसदहरुले बोलिरहेका बेला अन्य सांसदहरु ओहोरदोहोर गरेपछि एमाले सांसद महेश बर्तौलाले आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरु बोलिरहेका बेला केही सत्ता पक्षका सांसदहरु ओहोरदोहोर गरी पार्टी कार्यालय प्रवेश गरेको जस्तोगरी हिँडेको भन्दै नियमापत्ति जनाएका हुन् ।

उनले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ को २ बमोजिम सभाको ध्यानाकर्षण गराएका हुन् । लगत्तै सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण गराएका थिए ।

यसअघि पनि सांसद बर्तौलाले पटकपटक सांसदहरुले नियम उल्लंघन गरेको भन्दै आपत्ति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?