मिटरब्याज पीडितको आन्दोलनलाई एकीकृत समाजवादीको साथ, झलनाथ पुगे बानेश्वर

लोकपथ
42
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडितहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

मंगलबार बानेश्वर पुगेर आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

आफूसहित आफ्नो दलको समेत समर्थन रहने जानकारी गराउँदै उनले देशभरी नै छरिएर रहेका मिटरब्याज पीडितहरुको समस्या सरकारले छिटो भन्दा छिटो पूरा गर्न माग समेत गरे ।

‘हामी तपाईंहरुले चलाएको आन्दोलनमा हाम्रो साथ छ । हाम्रो पार्टी एकीकृत समाजवादी पार्टीको ऐक्यबद्धता छ ।’ उनले भने, ‘देशभरी नै आम नागरिकमाथि मिटरब्याजीहरुले ऋण दिएर ऋण बढाएर जुन ढंगले शोषण गर्ने काम भइरहेको त्यसलाई सरकारले रोक्नुपर्छ ।’

आज बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले समेत उक्त आन्दोलनप्रति ऐक्यबद्धता जनाउने निर्णय गरेको थियो ।

चैत २ गते बर्दिबासबाट हिँडेर दर्जनौँ मिटरब्याजीहरु काठमाडौं आइपुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?