राजावादी आएको भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितहरुले गरे विरोध

लोकपथ
70
Shares
राप्रपाका सांसद ज्ञानेन्द्र शाही

काठमाडौं । मिटरब्याज पीडितहरुले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीको विरोध गरेका छन् ।

मंगलबार मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका शाहीलाई राजावादी भन्दै विरोध गरेका थिए ।

पीडितहरुले हामीलाई राजावादीको समर्थन चाहिँदैन भनेर चर्को नारा लगाएका थिए ।

आफू जुनसुकै पार्टीबाट प्रतिनिधित्व गर्ने भए पनि पीडितहरुको आन्दोलनसँग सहमत रहेको बताएका थिए । तर आन्दोलनकारीले झनै चर्को विरोध गर्न थालेपछि शाही त्यहाँबाट बाहिरिएका थिए ।

सञ्चारकर्मीहरुसँग सो विषयमा प्रतिक्रिया दिँदै पीडितहरुमाथि राजनीतिक घुसपैठ भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?