काठमाडौं । मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले चासो देखाएको छ ।
बर्दिबासबाट हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुको मागका विषयमा बुझ्न ४ सदस्यीय टोली गठन गरिएको छ ।
गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा सदस्य रहेको टोली गठन गरिएको छ ।
आजै टोलीले मिटरब्याजीहरुसँग भेट्ने स्रोतले जनाएको छ । साथै टोलीले भेटेपछि प्रधानमन्त्रीले भेट्ने समय तय गरिनेछ ।
साथै आजै बस्ने मन्त्रिपरिषदको बैठकबाट मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी तयार भएको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्विकृति प्रदान गर्ने तयारी गरिएको बालुवाटार स्रोत जानकारी दिएको छ ।
गत चैत २ गते बर्दिबासबाट हिँडेर मिटरब्याज पीडितहरु आइतबार काठमाडौं आइपुगेका छन् । उनीहरुले सोमबार खुलामञ्च र आज माइतीघर मण्डलामा धर्ना दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया