काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे गठबन्धनका शीर्ष नेताहरु छलफललाई तीव्रता दिएका छन् ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।
छलफलमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य किरणले जानकारी दिए ।
साथै भोलि गठबन्धनको बैठक बोलाएर थप छलफल गर्ने सहमति भएको बताए ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच बालुवाटारमा भएको छलफलले मन्त्रिपरिषद् विस्तारका लागि भोलि दिउँसो ४ः०० बजे गठबन्धन दलको बैठक बोलाउने समझदारी गरेको छ ।’
प्रधानमन्त्री प्रचण्डले चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारलाई तिव्रता दिएका छन् । यसअघि पनि १० दलीय गठबन्धनका शीर्ष नेताहरुसँग पटकपटक छलफल गरिसकेका छन् ।
कांग्रेससहित सरकारलाई विश्वासको मत दिएका राजनीतिक दलले आ–आफ्नो दाबी नछाडेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया