लुम्बिनी प्रदेश : कांग्रेस संसदीय दलका नेता चौधरीद्वारा मुख्यमन्त्रीमा दाबी पेश

लोकपथ
112
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । आइतबार दिउँसो कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेश गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिलागिरी नेतृत्वको सरकार अल्पमतमा परेसँगै चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेश गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री नियुक्तीको लागि दाबी पेश गरेका हुन् ।

चौधरीलाई उनको दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पाटी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको समेत साथ रहेको छ ।

आज गिरी नेतृत्वको सरकारमा सामेल माओवादीका ३ र जनमत पार्टीका १ मन्त्रीले राजीनामा दिएका थिए । त्यससँगै मुख्यमन्त्री गिरी अल्पमतमा परेका थिए ।

केन्द्रको राजनीतिक समीकरणमा फेरबदल आएसँगै त्यसको प्रत्यक्ष असर प्रदेशमा देखिएको हो ।

dabi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?