काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले शुन्य समयमा सांसदहरुले उठाएका विषयहरु सरकारले नसुन्ने गरेको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद ढकालले आफूहरुले शुन्य समयमा उठाएका विषय शुन्यतामा नबिलाओस् भन्दै सरकारको ध्यानाकर्षण गराए ।
‘हामीले शुन्य समयमा उठाएका विषय शुन्यतामा नबिलाओस् ।’ उनले भने ।
त्यस्तै शुन्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र नं १ को विभिन्न विकास परियोजनाको बारेमा सरकारको ध्यानाकर्षण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया