काठमाडौं । जनता समाजवादीका सांसद अशोक राईले जनताले आफ्नो नैसर्गिक अधिकार रहेको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले कोशी प्रदेश नामाकरणको विरोध पदम लिम्बुको मृत्यु भएको प्रकरणबारे सरकारको ध्यानाकर्षण समेत गरेका छन् ।
‘जनताले आफ्नो पहिचान माग्नु नैसर्गिक अधिकार हो। हामीले सङ्घीयता स्थापित गरेका छौँ। तर, यही लोकतन्त्र र गणतन्त्रभित्र पहिचान माग्ने आन्दोलनकारीहरूको ज्यान लिने शृङ्खलाको कडी थपिन गएको छ। यो निन्दनीय छ।’ उनले भने ।
त्यस्तै नेपालमा घटनाका श्रृंखलाहरु बढ्दै गएको भन्दै त्यसलाई रोक्न समेत सरकारसँग आग्रह गरेका छन् ।
‘यस्ता दुखद घटनाको शृङ्खला अझै अन्त्य कहीँ पनि भएको छैन। संविधान जारी गर्ने सिलसिलामा भएको विरोध कार्यक्रम जसलाई मधेश आन्दोलन पनि भनिन्छ। त्यसमा ५९ जना सहिद भएका थिए। त्यो शृङ्खला रोकियोस् भन्ने चाहना हो ।’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया