नवनियुक्त आईजीपी कुँवरले भने– ‘प्रहरीमा सुधार आवश्यक छ, दिन गनेर बस्दिन’

लोकपथ
77
Shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीमा सुधार आवश्यक रहेको र आफू दिन गनेर नबस्ने बताएका छन् ।

आइतबार गृहमन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहणपछि बोल्दै नवनियुक्त आईजीपी कुँवरले सो कुरा बताएका हुन् ।

‘प्रहरीमा सुधार आवश्यक छ । अब दिन गनेर बस्ने दिन छैन । कसैले बाटो बिराएका छन् भने आफैँले आफैँलाई सुुधार गर्नुपर्छ ।’ नवनियुक्त आईजीपी कुँवरले भने ।

एक कार्यक्रमकाबीच गृहसचिव विनोदप्रकाश सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

दज्र्यानी चिह्न ग्रहणसँगै आफूले कुनै पनि भेदभावरहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘कुनै पनि भेदभावरहित काम गर्नेछु ।’ उनले भने ।

त्यस्तै प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो भिष्म प्रतिज्ञा रहेको र कुनै किन्चित नडगमगाउने बताए ।

‘प्रहरीको आन्तरिक शुद्धिकरण मेरो भिष्म प्रतिज्ञा हो । यसबाट म किन्चित पनि डगमगाउने छैन ।’ उनले भने ।

नेपाल प्रहरीले पहिचान गरेका समस्याहरुको समाधानका लागि लागि पर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?