‘मुलुकमा अमर्यादित र अशोभनीय गतिविधि बढे जनताले बिकल्प खोज्छन्’

लोकपथ
35
Shares

भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनिती दलहरुप्रति आम जनताको बितृष्णा मात्र होइन बिस्तारै घृणा बढ्न थालेको टिप्पणी गरेका छन् ।

महिनैपिच्छे समीकरण फेरबदल गर्दै सत्ता केन्द्रित फोहोरी खेलमा लिप्त हुने अनैतिक, अमर्यादित र अशोभनीय गतिविधिले जनतामा आक्रोश पैदा भएको बताए ।

काठमाडौं उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान अन्तर्गत भक्तपुरको मध्यपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्ट ,अनैतिक र असफल भनेर भनिएका दलहरूसङ्ग सत्ता गठबन्धन बनायर ब्रम्हलुटमा सङ्गै सम्लग्न हुनुले नयाँ उदय भएका दलहरुप्रतिको भरोसा पनि टुटेको विचार ब्यक्त गरे ।

सत्ता र शक्ति केन्द्रित भएका ठुला दलहरुकै बाटोमा हिड्ने कामले बिकल्प दिन नसक्ने उनको दाबी थियो । जनतालाई जीवन धान्न गाह्रो भएको विषयले भन्दा पनि सत्तारोहणको बिषयले महत्त्व पाउनुबाट नयाँ विकल्प भनिएका दलबाट जनता निराश भएको बिचार ब्यक्त गरे ।

मुलुक डरलाग्दो आर्थिक संकटतिर गैरहेकोमा चिन्ता व्यक्त गर्दै थापाले भने– ‘आर्थिक मन्दी बढ्ने क्रममा छ,कारोबार ठप्प प्राय छ, बित्तीय सड्ढट गहिरिदै छ, महङ्गी अनियंत्रित छ, निर्यात छैन,उत्पादन छैन, रेमिट्यान्समा बिचलन आए मुलुक धराशायी हुनेछ।’

सरकारसँग अहिलेको संकटबाट मुक्त हुने कुनै नीति, योजना कार्यक्रम नभएको भन्दै थापाले अहिले मुलुकले एउटा भ्रष्टाचार विरोधि भरपर्दो बैकल्पिक शक्ति खोजिरहेको र त्यो शक्ति राप्रपा नेपाल बनाउने अभियानलाई साथ दिन समेत आग्रह गरे ।

कार्यक्रममा पार्टीका नेताहरु माधब खत्री, शङ्खदेव, यबती कार्की, रामसुन्दर बिष्ट लगायतले आफ्नो धारणा राखेका थिए। भेलाले सागर बुढाथोकीको अध्यक्षतामा १९ सदस्यीय राप्रपा नेपाल मध्यपुर–१ वडा समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?