सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान अवस्थामा देशको अवस्था ठिक नरहेको टिप्पणी गरेका छन् ।
अहिले देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सहि ढङ्गले अघि नबढेकाले सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको उनले बताएका हुन् ।
पार्टीको प्रशिक्षण भेलाका लागि सुर्खेत आएका उनले पत्रकारसँग कुरा गर्दै वर्तमान सरकारको काँधमा शान्ति प्रक्रियाका बाँकी कामहरुलाई पुर्णता निे र देशलाई समृद्धिको दिशातिर अग्रसर गराउनुपर्ने जिम्मेवारी रहेको बताए । यद्यपि वर्तमान गठबन्धन लामो समयसम्म टिक्नेमा भने उनले पुर्ण रुपमा विश्वास गरेका छैनन ।
‘राजनीतिक भनेको पावर केन्द्र हो,’ भट्टराईले भने,‘ कति बेला के हुन्छ भन्ने थाह हुँदैन, यो सरकार स्थिर भएर अगाडि बढ्नुपर्छ भन्ने नै हो ।’
माओवादीसँग एकता हुने सम्बन्धमा उनले वार्ता टोली बनाएर छलफल जारी रहेको बताए । दुईवटा पार्टी भन्दा पनि त्यो बाहेक अरु कम्युनिष्ट दलहरुसहिको एउटा समाजवादी धारा निर्माण गर्नुपर्छ भन्ने पक्षहरुपनि रहेको उनको भनाइ छ ।
‘ जुन अहिलेका लागि आवाश्यक पनि छ,’ उनले थपे, ‘समाजवादी धार निर्माण गर्नेबारे पनि वृहत छलफल भइरहेको छ । केन्द्रमा सरकारले पुर्णता पाएपछि यो विषयमा छलफल हुन्छ ।’
साथै प्रचण्डविरुद्धको मुद्दाको विषयमा उनले शान्ति प्रक्रियाको मर्म विपरीत भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया