उपनिर्वाचनबारे रास्वपा : गठबन्धन नगर्ने, तोक्यो चुनावी कमाण्डर

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १० मा हुने उपनिर्वाचनका लागि गठबन्धन नगर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले सोसहित अन्य निर्णय गरेको रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले लोकपथलाई जानकारी दिए ।

‘आजको बैठकमा १० वैशाखमा हुने उपनिर्वाचनमा सहभागि हुने र कुनै पनि दलसँग तालमेल वा गठबन्धन नगर्ने निर्णय भएको छ ।’ कार्कीले भने ।

त्यस्तै आजको बैठकले उपनिर्वाचन हुने तीन वटै स्थानका लागि चुनावी कमाण्डर समेत तोकेको छ । उनका अनुसार बारा क्षेत्र नं २ मा केन्द्रीय सदस्य गणेश कार्की, तनहुँ १ मा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र चितवन २ मा डोलप्रसाद अर्याललाई चुनावी कमाण्डर तोकेको हो ।

त्यसैगरी आजको बैठकले केन्द्रीय समितिबाट राजीनामा दिएका महेश्वर घिमिरेको राजीनामा स्वीकृत गर्ने निर्णय समेत निर्णय गरेको उनेल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?