काठमाडौं । सरकारले लामो समयपछि जनगणनाको संक्षिप्त तथ्यांक सार्वजनिक गरेको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनगणनाको पूर्ण तथ्यांक सार्वजनिक गरेका हुन् ।
मेरो जनगणना मेरो सहभागिता नाम दिइएको १२औँ जनगणनाको प्रारम्भिक तथ्यांक ०७८ माघमै सार्वजनिक गरिएको थियो । तर लामो समयसम्म पनि पूर्ण तथ्यांक सार्वजनिक नभएको भन्दै आलोचना समेत भएको थियो ।
जसअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । जसअनुसार १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८.९८ प्रतिशत) पुरुष र १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) महिला रहेका छन् । त्यस्तै अन्यको संख्या ०.०००१ अर्थात् २ हजार ९ सय २८ रहेको तथ्यांकले देखाएको छ ।
‘मेरो जनगणना मेरो सहभागिता’ नाम दिइएको १२औँ जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको थियो । तर पूर्ण तथ्यांकको सो संख्या घटेर आएको हो ।
जनगणनाको अन्तिम तथ्यांक अनुसार सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा रहेको छ । जहाँ २० लाख ४१ हजार ५ सय ७८ रहेको छ । भने सबैभन्दा कम जनसंख्या मनाङमा रहेको तथ्यांकले देखाएको छ । जहाँ ५ हजार ६ सय ८९ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया