काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार १० दलको बैठक बोलाएका छन् ।
बुधबार अपरान्ह ४ बजेका लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत लिएपछि तत्काल मन्त्रिमण्डल विस्तार गर्ने यसअघि नै घोषणा गरिसकेका थिए । त्यससँगै दलहरु मन्त्रिपरिषद् विस्तारमा जुट्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया