प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : ‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?’

लोकपथ
56
Shares
sf7df8f}F, & k’;M /f;;;Fu s’/f ug'{x’Fb} cWoIf lnªb]g /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G›k|;fb lnªb]g /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu ;d;fdlos ljifodf s’/fsfgL ug{‘x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । मंगलबार प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने दुई युवाको प्रहरीले मुख थुनेको तस्बिरहरुबारे यतिबेला विभिन्न कोणबाट चर्चा भइरहेको छ ।

एक कार्यक्रममा जान लागेका प्रधानमन्त्रीविरुद्ध एकाएक युवाहरुले नाराबाजी गर्न थालेपछि प्रहरीले ती दुई युवाहरुको मुख बन्द गरिदिएका थिए ।

सो तस्बिर सार्वजनिक भएपछि पूर्व उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा मान्छेको मुख थुन्ने कस्तो दिन आयो भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष लिङ्देनले हामीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता ल्याएर वाक स्वतन्त्रता पाए पनि बोल्दा मुख थुन्नुपर्ने दिन आएको भन्दै पश्न गरे ।

‘हामीले गणतन्त्र ल्यायौँ,संघीयता ल्यायौँ,धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौं भन्नुहुने क. प्रचण्ड..हेर्नुहोस त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?’ उनले भनेका छन् ।

बैंकको ब्याज चर्को भएको भन्दै युवाहरुले नारा लगाइरहेका थिए ।
सोही प्रशंगमा लेख्दै लिङ्देनले छिटो भन्दा छिटो बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर घटाउन र देशभित्रै रोजगारीको वातावरण सिर्जना गर्न आग्रह गरे ।
देशभित्र भइरहेको अराजकताको विरुद्ध मुख थुनेर मात्र नभइ बन्दुकले पनि आवाजहरु थुन्न नसकिने टिप्पणी गरे ।

‘प्रधानमन्त्री ज्यू, । चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको बातावरण बनाउनुहोस …..जो सम्भव छ।

अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन….जो तपाईं स्वयमलाई सबैभन्दा राम्रो थाहा छ।’ लिङ्देनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?