जसपा कार्यकारिणी समितिको बैठक बस्दै

लोकपथ
0
Shares

काठमाडौं। जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बज बस्दैछ । बैठक वालकुमारीस्थित केन्द्रिय कार्यालयमा बस्नेछ ।

मुख्यतः बारा–२ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बारा–२ का प्रतिनिधिसभा सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भए पछि रिक्त सो निर्वाचन क्षेत्रमा अध्यक्ष यादवले उम्मेदवारीको तयारी गरेका छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज देखी राजनीतिक दल दर्ताका लागि आब्हान गरेको छ । सो बारेमा पनि छलफल हुने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?