प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते बस्ने

लोकपथ
35
Shares

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते बस्ने भएको छ।

सोमबारको बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएसँगै सभामुख देवराज घिमिरेले चैत १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

जसअनुसार बैठक चैत १२ गते अपराह्न १ बजे बस्ने छ ।

आज झण्डै साढे ५ घण्टा चलेको प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएका छन् । यस्तै नेकपा एमाले विधिवत रुपमा प्रमुख प्रतिपक्षी दलको रुपमा दर्ज भएको छ।

संसदमा विश्वासको मतसम्बन्धी प्रस्तावबारे छलफलपछि सभामुख देवराज घिमिरेले मतविभाजन गराउँदा प्रचण्डले १७२ सांसदको मतसहित विश्वासको मत प्राप्त गरे ।

यस्तै विपक्षमा ८९ सांसदको मत पर्दा एक सांसद तटस्थ रहे । मतदानमा दुई सय ६२ सांसद उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?