काठमाडौं । प्रभु शाह नेतृत्वको आम जनता पार्टीले पनि सरकारलाई विश्वासको मत दिने भएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै शाहले आफूले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जानकारी गराए ।
अहिलेको गठबन्धनले देशलाई स्थिरतामा लैजान सक्ने बताए ।
यसअघि गत पुस २६ गते पनि उनको दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । सोही समर्थन कायम राख्ने उनले बताए ।
गत निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका उनको दलबाट संसदमा एक सिटको मात्र प्रतिनिधित्व रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया