नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको शपथ

लोकपथ
42
Shares

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष कार्यक्रमकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

गत चैत ३ गते यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

शपथग्रहण समारोहमा राष्ट्रपति पौडेलसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?