एजेन्सी । निर्देशक इम्तीयाज अलीले ‘लभ आज कल २’ को मुख्य पात्रहरु पक्का गरेका छन् ।
अभिनेता कार्तिक आर्यनलाई साइन गरिसकेका छन् भने यस फिल्मको पहिलो पार्टमा मुख्य अभिनेताको भूमिका निर्वाह गरेका सैफ अली खानकी छोरी सारा अली खान मुख्य अभिनेत्रीको भूमिकामा देखिने छिन् ।
अभिनेता सैफ अली खान र दीपिका पादुकोण अभिनित सन् २००९ को सुपरहिट फिल्म ‘लभ आज कल’ को सिक्वेल बन्ने भएपछि कार्तिक आर्यन र सारा अलीलाई छनोट गरिएको हो ।
अभिनेत्री सारा अली खानले फिल्म ‘केदारनाथ’ बाट भर्खरै बलिउड डेब्यू गरेकी हुन् । फिल्म ‘केदारनाथ’ को प्रमोशनको समयमा विभिन्न कार्यक्रममा आफूलाई कार्तिक आर्यनका साथ डेट गर्ने इच्छा रहेको बताएकि पनि थिइन् ।
साराको दोस्रो फिल्म ‘सिम्बा’ मा उनी रणवीर सिंहको जोडीको रुपमा छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया