नेपाली नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई

लोकपथ
35
Shares

काठमाडौं । चिनियाँ कम्पनीले ३१ करोड वटा नेपाली नोट छाप्ने ठेक्का पाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चिनियाँ कम्पनी एम÷एस चाइना ब्यान्कनोट प्रिन्टिङ एन्ड माइन्टिङ कर्पोरेसनले २० रुपैयाँ दरका नोट उक्त संख्यामा छाप्ने ठेक्का पाएको हो।

चिनियाँ कम्पनीले ती नोट छाप्न ४६ लाख ९८ हजार ६ सय ८५ अमेरिकी डलरमा बोलपत्र हालेको थियो।

उक्त बोलपत्र नै कम मूल्यको भएकोले राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई नोट छाप्ने ठेक्का दिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?