काठमाडौं । सरकारले फागुन १ गते जनयुद्द दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार (भोलि) जनयुद्द दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
२०५२ साल फागुन १ गते तत्कालिन माओवादीले १० वर्षे सशस्त्र युद्दको सुत्रपात गरेको थियो । सोही दिनको सम्झनामा वर्तमान सरकारले जनयुद्द दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गत माघ २४ गते मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा बिदा धेरै भएको भन्दै त्यसको पुनर्विचार गर्नुपर्ने बताएका थिए ।
नेपालमा सरकारी बिदा धेरै भएको कारण जनतामा काम गर्ने समय कम भएकोर सेवा प्रवाहमा समेत समस्या देखिएकोले बिदा पुनर्विचार गर्न गृहकार्य गर्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्रीले भनेका थिए, ‘हाम्रा सरकारी बिदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।’
तर उक्त बोली बोलेको ५ दिन मात्र टिक्न सकेन ।
यसअघि माओवादीको नेतृत्व रहेको कर्णाली र बागमती प्रदेशले मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया