‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने खेलमा शसस्त्र प्रहरीको ‘एपीएफ’ क्लबले मच्छिन्द्र क्लबको सामना गर्नेछ । त्यस्तै आजै हुने अर्को खेलमा उपाधि होडमा रहेको मनाङ मस्याङदी क्लबले च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

११ बजे शुरु हुने पहिलो खेलमा मछिन्द्रलाई हराउने रणनीतिका साथ एपीएफ मैदानमा उत्रदैछ । जारी लिगमा एपीएफ १० अंक सहित आठौं स्थानमा छ भने मछिन्द्र ३ अंक सहित तालिकाको १३ औँ स्थानमा छ । 

त्यस्तै आजै हुने दोस्रो खेलमा उपाधि होडमा रहेको मनाङ च्यासल युथ क्लबलाई हराउँदै लिगका अंकको दुरी बढाउने दाउमा रहेको छ । अपराजित मनाङ २४ अंक सहित लिगको शीर्ष स्थान यथावत छ । च्यासल १३ अंक सहित सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?