च्याम्पियन्स लिग : नकआउट चरणको खेल तालिका सार्वजनिक

एजेन्सी । ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ । 

युरोपियन फुटबल संघ ‘युइएफए’ले सोमवार राति अन्तिम १६ को खेलमा खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिका अनुसार इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब वायर्न म्युनिखको सामना गर्नेछ ।

त्यस्तै म्यान्चेस्टर युनाइटेडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ‘पीएसजी’सँग भिड्ने छ । यता सिरी ‘ए’ च्याम्पियन युभेन्ट्सले यरोपा लिग च्याम्पियन एथ्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनी क्लब बार्सिलोनाले फ्रान्सेली क्लब लियोनको तथा रियल म्याड्रिडले डच क्लब एजाक्स अन्तिम १६ को खेलमा प्रतिद्धन्दी पाएको छ ।

एजाक्स सन् २००५ पछि पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो । टोट्नह्यामले जर्मन क्लब बोरुसिया डर्टमण्डको, म्यान्चेस्टर सिटीले साल्के तथा इटालियन क्लब रोमाले पोर्चुगिस क्लब पोर्टोको सामना गर्नेछ । 

च्याम्पियन्स लिगको नकआउट चरणको खेल होम एण्ड अवेको आधारमा सञ्चालन हुनेछ  । अन्तिम १६ को पहिलो लेगको खेल फ्रेबअरी १२ र १३ तारिखमा हुनेछ  । त्यस्तै दोस्रो लेगको खेल फ्रेबअरी १९ र २० हुनेछ । क्वाटरफाइनल खेल भने आगामी मार्चमा हुने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?