‘श्रीमान गम्भीर’ धुन बजाउने आयोजक ‘डब्लुपीएफ’ले माग्यो माफी

काठमाडौं । वल्र्ड बडि बिल्डिङ च्याम्पियनसिपका आयोजक वर्ल्ड फिजिक फेडरेसन ‘डब्लुपीएफ’ ले प्रतियोगितामा नेपालको पुरानो राष्ट्रिय धुन बजाइएको प्रति माफी मागेको छ । 

थाइल्याण्डमा सम्पन्न भएको वल्र्ड बडि बिल्डिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जित्दा पुरानो राष्ट्रिय धुन बजाइएको विषयमा आयोजक ‘डब्लुपीएफ’ क्षमायाचना गरेको हो ।

‘डब्लुपीएफ’का महासचिव डाटुक पाउल चुआले नेपाल बडी बिल्डिङ संघलाई इमेल गर्दै माफी मागेको महासचिव दिनेश राजभण्डारीले जानकारी दिए । 

‘आयोजकको गम्भीर हेलचेक्र्याइँका कारण ठूलो त्रुटी हुन गएको बताइएको छ । यसैबीच राष्ट्रिय खेलकुद परिषद्ले पुरानो धुन बजाइएको विषयमा सोमवार आयोजकलाई पत्र लेखेर स्पष्टीकरण सोध्ने लागेको बताइएको छ ।

खेलकुद परिषद्का नवनियुक्तउपाध्यक्ष पीताम्बर तिम्सिनाले आरपीएफले यस विषयमा सार्वजनिक विज्ञप्ति जारी गरेर क्षमायाचना गर्नुपर्ने बताए ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?