लिभरपुल र पेरिस सेन्ट जर्मेन अन्तिम १६ मा प्रवेश

एजेन्सी । इंग्लिस क्लब लिभरपुल र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । 

मंगलवार राति सम्पन्न भएको खेलमा लिभरपुलले नपोलीलाई १-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । लिभरपुलका लागि मोहमद सलाहले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

उनले जेम्स मिल्नरले दिएको पासलाई सदुपयोग गर्दै खेलको ३४ औँ मिनेटमा गोल गरे । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयसम्म नपोलीले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन ।

जितपछि ६ खेलबाठ ९ अंक बनाएको लिभरपुल समूह ‘सी’को उपविजेता बन्दै अघिल्लो चरणमा पुगेको हो । नेपालीसँग समान ९ अंक बनाएपनि लिभरपुल गोल अन्तरको आधारमा अघि रहँदै अन्तिम १६ मा पुगेको हो ।

त्यस्तै मंगलवार राति नै भएको अर्को खेलमा पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ले रेड स्टार बेलग्रेडलाई ४-१ गोल अन्तरले हराउँदै नकआउट चरणको यात्रा तय ग-यो ।

पिएसजीको जीतमा एडिन्सन काभानी, नेयमार, मार्किन्होस र केलियन एमबाप्पेले समान एक-एक गोल गरेका थिए । यता बेलग्रेडका मार्को गोबेल्जिकले एक मा गोल फर्काए ।

यो जितपछि पिएसजी समूह ’सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह विजेता बन्ने क्रममा पिएसजीले ६ खेलबाट ११ अंक बनाएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?