काठमाडौं । नेपाल संस्कृत छात्र परिषद्ले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार मिसिनरीको एजेन्ट भएको आरोप लगाएको छ ।
प्रदर्शनी मार्गमा प्रदर्शन पश्चातको कोणसभामा बोल्दै परिषदका अध्यक्ष सुशान्त आचार्यले यस्तो आरोप लगाएका हुन् ।
आचार्यले नेपाल वैदिक सनातन धर्म मुलुक रहेको बताउँदै वैदिक सनातन धर्म मुलुक रहिरहने बताए ।
भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपाली भूमीमा वैदिक स्वस्तिवाचनका माध्यमबाट नेपाल संस्कृत छात्र परिषदले स्वागत गर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ उपसभापति महेश्वर पौडेलले देशमा हिन्दुत्व जागरण फैलाउन गाउँ गाउँ जानुपर्नेमा जोड दिए ।
कार्यक्रम पुतलीसडक चोक हुँदै भृकुटीमण्डपसम्म पुगेर वाल्मीकि विद्यापीठ अगाडि कोण सभामा परिणत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया