काठमाडौं । सरकराले मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रक्रिया लम्ब्याएको छ ।
आइतवार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकले सन् २०१९ को मार्च भित्र काठमाडौंमा पानी ल्याउने भएको हो ।
सुरुङ मार्गको निर्माण तथा ठेकेदार कम्पनीलाई रकम भुक्तानीमा भएको ढिलाई लगायतका कारण मेलम्चीको पानी काठमाडौं ल्याउने प्रक्रिया लम्बिएको हो ।
बैठकमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले आयोजनाको सम्पूर्ण प्राविधिक काम सक्न अझै १ सय ३० दिन लाग्ने बताए । उनले सन् २०१९ को मार्च भित्र सबै प्राविधिक काम सक्ने जानकारी दिए ।
उनले सुरुङ्ग मार्गमा ३ वटा भेन्टिलेशन, ९ ठाउँमा हाड्रोमेकानिकल र इन्ट्युमेन्टल जडान र सुरुङ्ग मार्गको ढलानको काम अब २ किलोमीटर मात्र लगायतका प्रविधिक काम बाँकी रहेका कारण मेलम्चीको पानी काठमाडौं आउन ढिलो भएको कार्यकारी निर्देशन कँडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया