नेकपामा किचलै किचलाे

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक नहुँदै विवाद सुरु भएको छ ।

टुंगो लागिसकेको प्रदेश सदस्यको नामावलीमा शीर्ष नेताले आफूअनुकूलका नेताको नाम थप्ने र काट्न थालेसँगै स्थायी कमिटीका सदस्यको दबाबका कारण सो नामावली सार्वजनिक हुन नसकेको हो ।

गत बुधबारको सचिवालय बैठकले सातवटै प्रदेश कमिटीका सदस्यको नामावली टुंगो लगाएको थियो । टुंगो लागेको नामावली बिहीबार सार्वजनिक गर्ने पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताएका थिए ।

नेकपा स्थायी कमिटीका सदस्य घनश्याम भुसालले प्रदेश कमिटीका सदस्यको नामावली सचिवालयले सार्वजनिक गरे स्थायी कमिटीले उल्ट्याइदिने चेतावनी दिए । स्थायी कमिटीमा छलफल पछि पारित भए मात्रै नामावली सार्वजनिक गर्न मिल्ने बताउँदै सचिवालयलाई प्रदेश सदस्यको नामावली सार्वजनिक गर्ने अधिकार नभएको बताए । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?