काठमाडौँ — एघार वर्षीय निसान खड्काको अपहरणपछि हत्या भएको पाँच महिना नबित्दै राजधानीमा बिहीबार फेरि यस्तै घटना दोहोरियो । गोंगबु, मित्रनगरमा ८ वर्षीय प्रयास कुँवरको अपहरण र हत्या भयो ।
दुवै घटनाका अपहरणकारी बालकको परिवारसँग नजिकको सम्बन्ध बनाएका व्यक्ति छन् । पहिलो घटनामा फिरौती संकलन र दोस्रोमा व्यक्तिगत रिसइबी साध्ने उद्देश्य देखिन्छ ।
अर्को समानता अपहरणकारीको उमेरमा छ । निसानको हत्यामा २२ वर्षीय गोपाल तामाङ र २३ वर्षीय अजय तामाङ संलग्न थिए भने प्रयासको हत्या २२ वर्षीय महेन्द्र एसकेले गरेका छन् ।
गत मंगलबार प्रयास हराएको खबर पाएसँगै प्रहरीले खोजी थालेको थियो । पत्नीसहित अस्पताल पुगेर आएका प्रवीण कुँवरलेघरमा साँझ छोरो नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । मित्रनगरस्थित स्वस्तिक त्रिवेणी गेस्ट हाउसका सञ्चालक उनी गाडी मालिकसमेत हुन् ।
बालकका आफन्तसँगै खोजीमा खटिएका महेन्द्रमाथि सुरुमा प्रहरीले कुनै शंका गरेको थिएन । २४ घण्टा बित्दा पनि कसैले फिरौती माग नगरेपछि बालकका परिवार र सम्पर्कमा रहेको व्यक्तितर्फै अनुसन्धान केन्द्रित गर्यो ।
बच्चा हराएको भनिएको समयमा महेन्द्र कहाँ थिए भनी बुझ्दै जाँदा प्रहरीले शंकास्पद उत्तर पाएको थियो ।
उनले घरि गर्लफ्रेन्डसँग रहेको त घरि एक जना दाइलाई पासपोर्ट पुर्याउन गएको बताएका थिए । फरकफरक बयानकै बीच मोबाइल फोनको मंगलबार साँझको लोकेसनककनी क्षेत्र देखिएपछि उनी शंकाको घेरामा तानिए ।
प्रहरीको थप केरकारपछि महेन्द्रले बच्चालाई चकलेट दिएर गाडीमा राखेको, बजारबाट झोला किनेको र ककनी पुग्नेबित्तिकै घाँटी थिचेर मारी झोलामा हालेर म्हैपी पुल नजिक फालेको बयान दिए । त्यसैका आधारमा प्रहरीले प्रयासको शव फेला पारेको थियो । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया