पूर्वएसएसपीले मागे सरकारसँग क्षतिपूर्ति र थप सुविधा

काठमाडौं– डीआईजी पद रिक्त हुँदाहुँदै बढुवा नगरी आफूलाई एसएसपीबाटै अवकास हुन बाँध्य पारेर अन्याय गरेको भन्दै पूर्वएसएसपी यादवराज खनालले सरकारसँग क्षतिपूर्ति र थप सुविधा माग गरेका छन् ।
सर्वोच्च अदालतको फैसलाअनुसार उनले क्षतिपूर्ति माग गरेका हुन् ।

क्षतिपूर्ति माग गर्दै उनले बिहिबार प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र प्रहरी महानिरीक्षकको सचिवालयमा निवेदन दिएका छन् ।

११ महिनाको डीआईजीले पाउनुपर्ने सुविधा पाउनुपर्ने र पेन्सन पनि डीआईजी सरहनै हुनुपर्ने उनको निवेदनमा उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?