काठमाडौं– चर्चित गायन रियालीटी सो नेपाल आइडलबाट पवन गिरी बाहिरिएका छन् ।
प्रतियोगिताबाट बाहिरिएका दाेलखाका उनी आज उत्कृष्ट प्रस्तुति दिएको भन्दै ‘पर्फमर अफ द डे’ घोषित भए । तर अन्य प्रतिस्पर्धीको तुलनामा कम मत आएपछि उनी मञ्च छाड्न बाध्य भए ।
अब नेपाल आइडलमा सुमित पाठक, रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी र अमित बरालबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताबाट पवन बाहिरिँदा जज, सहभागि र अन्य प्रतियोगी भावुक बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया