काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा डा. शेखर कोइरालालाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव गर्ने बचन महामन्त्री गगन थापाले दिएका छन् ।
संसदीय दलको नेताको उम्मेदवार टुंगो लगाउन बसेको संस्थापन इतर नेताहरुको छलफलमा महामन्त्री थापाले यस्तो बचन दिएका हुन् ।
त्यसअघि बैठकमा नेता डा. कोइरालाले महामन्त्री थापालाई भोलि हुने संसदीय दलको नेतामा आफ्नो समूहको तर्फबाट उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए ।
दुवैले दलको नेतामा आकांक्षा राखेपछि महामन्त्री थापालाई यसपटक डा. कोइरालाले सघाउने तथा आउँदो महाधिवेशनमा भने सभापतिका लागि आफ्नो समूहको तर्फबाट उम्मेदवार बनाउन थापा सहमत भएका हुन् । महामन्त्री थापा स्वयम् पनि १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुन सक्ने सम्भावना रहेका बेला उनले यस्तो निर्णय गरेका हुन् ।
साथै, निर्वाचन अघि संसदीय दलको नेतामा थापा र आगामी महाधिवेशनमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नेतृत्व गर्ने भन्दै केही समर्थकहरुले प्रचारसमेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया