मातृभाषामा शपथ लिन चाहने सांसदले ३ दिन अगाडि नै सूचना दिनुपर्ने

लोकपथ
56
Shares

काठमाडौं । सांसदले मातृभाषामा शपथ लिन चाहेमा तीन दिन अगाडि नै सूचना दिन संसद सचिवालयले अनुरोध गरेको छ ।

मातृभाषामा शपथ लिने खण्डमा सांसदले आफ्नो मातृभाषामा अनुवाद गरि अनुवादको पत्र संसद सचिवालयमा तीन दिनअघि नै उपलब्ध गराउन सचिवालयले आग्रह गरेको हो ।

यस्तै, सचिवालयले शपथ लिन आउँदा राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन पनि आग्रह गरिएको छ ।

प्रतिनिधि सभामा सांसदको शपथ आउँदो पुस ७ गते बिहीवार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक कक्षा बानेश्वरमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?