काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले पर्साको विरगञ्ज ८ लिङ्क रोडमा बुधवारबाट विरगञ्ज शाखा सञ्चालनमा ल्याएको छ । संस्थाको १७ औं शाखाको रुपमा उक्त शाखा सञ्चालनमा आएको हो ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै आएको संस्थाको ललितपुरको कुपण्डोल कानदेवस्थान स्थित आफ्नै नवनिर्मित केन्द्रीय कार्यालय सहित काठमाडौंको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल र भैरहवा, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको ईटहरी, झापाको बिर्तामोड गरी १६ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ । संस्थाले कारोबार विस्तारको क्रममा छिट्टै नै मोरङ्गको विराटनगर र रौतहटको चन्द्रनिगाहपुरमा थप दुई नयाँ शाखा सञ्चालनमा ल्याउन लागेको छ ।
संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, आरटिजिएस, मर्चेन्ट क्यु आर पेमेन्ट, क्यु आर टेलर, रेमिट्यान्स सेवा, सी–आास्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको छ । ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुंचको व्यवस्था पनि मिलाएको संस्थाले विभिन्न शाखा कार्यालयहरुमा एटीएम सेवा पनि सञ्चालन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया