कस्तो रहला आज दिनभरको मौसम ?

लोकपथ
0
Shares

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि बुधबार बिहान तराई भूभागको केही स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको छ । यस्तै पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

यसैगरी दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?