काठमाडौं । अल्फा अटोमोटिभले तीन दिने फ्रि सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । अटोमोटिभले रोयल इन्फिल्ड फ्रि सर्भिस क्याम्प गर्न लागेको हो ।
मंसिर २७, २८ र २९ मा हुने रोयल इन्फिल्ड फ्रि सर्भिस क्याम्प ग्राहकको सुविधालाई हेरेर बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म सञ्चालन हुन लागेको हो ।
उक्त क्याप अल्फा अटोमोटिभको काठमाडौं बाहिरका आधिकारिक डिलरहरुको सर्भिस पोइन्टहरु (पोखरा, इटहरी, धरान, बुटवल, जनकपुर, सुर्खेत, दाङ, महेन्द्रनगर र नारयणघाट)मा आयोजना गरिँदै छ ।
क्यापमा हजार जना भन्दाबढी ग्राहकलाई प्रत्यक्ष सेवा दिने लक्ष्य लिएको आयोजक अल्फा अटोमोटिभले जनाएको छ । सर्भिस क्यापको मुख्य आकर्षण – निःशुल्क मर्मत ज्याला तथा सक्कली मोटरसाइकलका पार्ट्स र मोबिलमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
क्यापमा दैनिक गोलाप्रथा गरेर उपहार पनि हस्थान्तरण गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया