काठमाडौं ।नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला एक लाख दुई सय रुपैयाँमा झरेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा आइपुगेको छ।
सोमबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३९० रुपैयाँमा कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया