महानगर प्रहरीले आक्रमण गर्ने १८ जनाविरुद्ध किटानी जाहेरी दिने

लोकपथ
119
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका घाइते नगरप्रहरीले जाहेरी दिने भएका छन् ।

थापाथलीको सुकुम्बासी बस्ती हटाउने क्रममा आक्रमणमा परेका ३६ जना महानगर प्रहरी घाइते भएका थिए ।

प्रहरीमाथि आक्रमण गर्ने १८ जनाविरुद्ध महानगरले जाहेरी दिन लागेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आजै महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिन लागिएको हो ।

‘महानगरीय प्रहरीमाथि आक्रमण गर्ने १८ जनाविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको छ । संभवत आजै जाहेरी दिन्छौँ ।’

सोमबार काठमाडौं–११ स्थित थापाथलीको बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा अव्यवस्थित बस्ती हटाउने क्रममा झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?